नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत भेटिएका छन् । उनी भैरहवास्थित सरकारी निवासमै आज झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । घटनाको विस्तृत अनुसन्धान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । प्रजिअ तिवारीले भने, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको वेला यादव झुण्डिएको थाहा भएको हो ।” एसएसपी यादवको मृत्युको कारण खुलेको छैन । यसमा अनुसन्धान भइरहेको संघीय प्रहरी एकाइ कार्यालयले जनाएको छ । उनी इलामका पहिलाे प्रहरी उपरीक्षक भएर काम गरेका थिए ।