अधिवेशनका लागि जुट्यो एमाले, पदाधिकारी र जिल्ला सदस्यलाई भाेट हाल्न यसरी चुनिन्छन् प्रतिनिधि

  आवाज स‌ंवाददाता

इलाम ;आगामी पुस २३ गते हुने देशै भर हुने जिल्ला अधिवेशनको तयारीका लागि नेकपा एमाले इलाम पनि जुटेको छ । एमालेले सुक्रबार एक पत्रकार सम्मेलन गर्दै सभ्य भव्य ढंगले जिल्ला अधिवेशनको तयारीमा लागेको जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष महेश बस्नेतले इलाममा १३ हजार ३०२ पार्टी सदस्य रहेको र क्षेत्रगत ढंगले प्रतिनिधित्व गराउने गरि एमाले अगाडि बढेको बताए ।
४५ खुल्ला पुरुष बराबर एक प्रतिनिधि, २२ महिला बराबर एक प्रतिनिधि र ११ दलित बराबर एक प्रतिनिधि रहने टुङ्गो लगाएको एमालेले जनाएको छ । यस्तै सल्लाहकार समितिबाट १५ जना, इलाम काठमाडौं सम्पर्क मञ्चबाट तीन, इलाका र भूगोलबाट गरि करिब साढे छ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । प्रतिनिधि हुनबाट छुटेका र प्रतिनिधित्व गराउनै पर्ने पार्टी सदस्यहरु पाँच प्रतिशतलाई वर्तमान जिल्ला कमिटीले मनोनित गर्नेछ ।
जिल्ला अधिवेशनका लागि आगामी १४ गते जिल्लाका ८१ वटै वडामा प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय गरिएको छ । एमालेको एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिव सहितको १०५ सदस्य जिल्ला कमिटी रहने छ । निर्वाचित समितिमा महिला तर्फ समावेशी ढंगले ३५ जना महिला रहने छन् । निर्वाचित जिल्ला कमिटीले अन्य दलबाट आएका सदस्यहरुलाई माथिल्लो कमिटीको स्वीकृतिमा १० प्रतिशत मनोनित गर्न सक्ने व्यवस्था विधानले गरेको अध्यक्ष बस्नेतले बताए । यसो गर्दा करिब १ सय ३० को संख्यामा जिल्ला कमिटि बन्नेछ ।
एमालेले अधिवेशनका लागि राजीनितिक प्रतिवेशन र साँगठनिक प्रतिवेदन तयारी थालेको छ । यस्तै अर्थ तथा स्रोत परिचालन समिति, आवास तथा खाद्य समिति, प्रचार समिति, स्वयंसेवक समिति, प्रतिनिधि दर्ता समिति, स्वास्थ्य तथा आकस्मिक सेवा समिति लगायतका आवश्यक समिति निर्माण गरिएको एमालेले जनाएको छ ।
आर्थिक व्यवस्थापनमा लागि प्रति प्रतिनिधि पाँच सय रुपैयाँ उठाउने जनाइएको छ । यस्तै गाउँपालिका कमिटीलाई १५ हजार र नगर कमिटीलाई २५ हजार रुपैयाँ व्यवस्थापन गर्न लगाइएको बताइएको छ । अधिवेशन सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको एमालेले जनाएको छ ।
‘अहिलेको मौसम, प्रतिनिधि सबैको स्वास्थ्यका विषयलाई मध्यनजर गर्दै बेलुका ८–९ बजे पछि बन्द सत्र नगर्ने निर्णय गरेका छौं ।’ अध्यक्ष बस्नेतले भने ‘गुट, समुह, हो–हल्ला केही हुँदैन, एमालेको यो अधिवेशनले केन्द्रको अधिवेशनले जस्तै नयाँ सन्देश दिने छ भन्ने अपेक्षा गरेका छौं ।’

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार