दुई विद्यालयमा वकृत्वकला प्रतियोगिता

  आवाज स‌ंवाददाता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेका विद्यालयस्तरीय बालअधिकार चेतना समूहले आज दुई विद्यालयमा वकृत्वकला प्रतियोगिता गरेको छ । इलामको सन्दकपुर गाउँपालिकास्थित माईपोखरी संस्कृत विद्यालय र माइजोगमाई गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।  माईपोखरी संस्कृत विद्यालयमा भएको कार्यक्रममा सुदीप नेपाल पहिलो, सुधा खतिवडा दोस्रो, मिना सुवेदी तेस्रो र साइल राई सान्तवना भए ।

‘पर्यटन र विकास’ शीर्षकको वकृत्वकला प्रतियोगितामा कार्यक्रम भएकाे थियाे । बालअधिकार चेतना समूहको विद्यालय अध्यक्ष सुधा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समूहका पालिका अध्यक्ष प्रकाश पराजुली रहेका थिए ।  यस्तै, आजै सरस्वती माध्यमिक विद्यालय सोयाङमा भएको वकृत्वकला प्रतियोगितामा सुवुश्री खत्री पहिलो, दीक्षा घिमिरे दोस्रो, नम्रता सञ्जेल तेस्रो र आयुष खत्री सान्तवना भएका थिए । ‘विज्ञान सूचना र प्रविधि’शीर्षकको वकृत्वकला प्रतियोगिताको अध्यक्षता सुशन घिमिरेले गरेका थिए भने सञ्चालन समूहकी सचिव पूजा चापागाईंले गरेकी थिइन् । यस्तै, सरस्वती माध्यमिक विद्यालयमा आजै चित्रकला कार्यक्रम समेत सम्पन्न भएको छ । प्राविस्तरीय प्रतियोगितामा वसन्त राउत पहिलो, शिशिर राउत दोस्रो, स्मृति खत्री तेस्रो भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार