नमूना सहकारीको मुनाफा ५ लाख ७२ हजार

  आवाज स‌ंवाददाता

नमूना कृषि सहकारी संस्था लिमिटेडको १४ साधारण सभा शनिबार सम्पन्न भएको छ ।  इलाम नगरपालिका वडा नं. ५ बिब्ल्याँटेमा रहेको संस्थाको साधारणसभाको अवसरमा असल ऋणि दुर्गामाया शिवा, असल नियमित बालवचतकर्ता प्रविन थापा र नियमित वचतकर्ता गीता लुइटेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुखअतिथि इलाम नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष ठाकूर नारायण श्रेष्ठ, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगू र संस्थाकी अध्यक्ष सीतादेवी रिजालले पुरस्कार हस्तान्तरण गरेका थिए ।
संस्थाकी अध्यक्ष सीतादेवी रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का वडा सदस्य टंक खत्री, बरबोटे कृषि सहकारी संस्थाका लेखा समिति संयोजक छवि लम्साललगायतले शुभकामना मन्तब्य राखेका थिए ।  कार्यक्रममा संस्थाकी अध्यक्ष रिजालले संस्थागत प्रतिवेदन, र लेखासमिति संयोजक प्रेमराज लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका सचिव नारायण श्रेष्ठले सञ्चालन गरेका थिए । संस्थाले गएको आर्थिक वर्ष ५ लाख ७२ हजार मुनाफा कमाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार