मुक्ति समाज इलाम नगर कमिटीमा सानु, सचिवमा बलराम

नेपाल उत्पीडित जातीय मुक्ति समाज इलाम नगर कमिटी सानु दासको अध्यक्षतामा ४५ सदस्य नयाँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्ष राजेन्द्र विश्वकर्मा, सचिव बलराम बराइली, सह–सचिव मीना रसाइली, कोषध्यक्ष कौशिला लम्जेल सदस्यहरु शोनिसा शंकर, संगीता लाम्गादे, पहलमान रसाइली, इसारा परियार सन्तोष परियार शेरबहादुर दर्जीलगायत रहका छन् ।

    नेपाल उत्पीडित जातीय मुक्ति समाज इलामको प्रथम नगर अधिवेशन मुक्ति समाजका केन्द्रीय सदस्य, १ नं. प्रदेश सह इञ्चार्ज तथा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य देवेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यता तथा मुक्ति समाज जिल्ला कमिटी सह–संयोजक राजेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।

     मुक्ति समाज इलाम जिल्ला कमिटी संयोजक वृहस्पति उपरकुटी, मुक्ति समाज इलाम जिल्ला कमिटी सचिव मनकुमार बराइली, सहसचिव सानु दास लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार