फाकफोकथुममा एमालेका तीन कमिटी गठन

  आवाज संवाददाता

आगामी पुस २३ गते जिल्ला अधिवेशनको तयारीमा जुटेको नेकपा एमाले इलामले अहिले गाउँ–गाउँमा संगठन विस्तारको कामलाई तीब्रता दिएको छ । फाकफोकथुममा एमालेले एकै दिन तीनवटा संगठनको नयाँ कमिटी विस्तार गरेको हो । एमाले केन्द्रीय सदस्य राम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले वडास्तरीय अखिल नेपाल महिला संघ, युवा संघ र किसान संघको नयाँ कमिटी गठन गरेको जनाइएको छ ।
सावित्रा कोइरालाको अध्यक्षतामा ३१ सदस्य महिला संघ, भीम लिम्बूको अध्यक्षतामा नौं सदस्य किसान संघ र हरि लिम्बूको अध्यक्षतामा ३१ सदस्य युवा संघ गठन भएको बताइएको छ । यस्तै जयदेव राईको अध्यक्ष्तामा ७ सदस्य सल्लाहकार समिति समेत गठन भएको छ ।  जनवर्गीय संगठन विस्तारका क्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य रानाले नेकपा एमाले अब नयाँ ढंगले पार्टी सुदृढिकरणको काममा लागेको बताए । ‘केही साथीहरु हामीबाट टाढा गएका हुन, एमाले अहिले पनि एक ढिक्का छ, यसको सन्देश त केन्द्रीय महाधिवेशनले पनि दिएको छ ।’ रानाले भने ‘केन्द्र देखि गाउँ र गाउँ देखि केन्द्र नेकपा एमाले एक ढिक्का छ, पार्टीका अग्रजहरु पनि ढुक्क हुनुहोस । अबको नेतृत्व गाउँबाटै उठ्ने छ ।’
फाकफोकथुम– ७ का पार्टी अध्यक्ष चन्द्र बर्देवाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य सरु राई समेतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार