किसानलाई उन्नतजातको मकैको बीउ

इलाम नगरपालिका वडा नं‌‍ ५ का किसानलाई मकै वितरण गर्दै प्रमुख महेश बस्नेत

इलाम। इलाम नगरपालिका वडा नं. ५ ले सोमबार वडाका किसानहरुलाई उन्नतजातको मकैको बीउ वितरण गरेको छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानलाई मकै वितरण गरेपछि वितरण कार्यक्रम शुरु भएको हो ।

उन्नत जातको मकैको बीउसँगै तरकारी र फलफुलको बीउ पनि वितरण गरिएको वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठले बताए । वडाका साढे सात सय किसानलाई बीउ वितरण गरिने पनि उनले बताए । गत वर्ष पनि वडा कार्यालयले उन्नतजातको मकैको बीउ वितरण गरेको थियो । गत वर्ष वितरण गरिएको बीउबाट उत्पादन राम्रो भएकाले यस वर्ष पनि किसानहरुलाई मकै वितरण गरिएको हो ।

मकैकाे बीउ वितरण कार्यक्रममा कार्यपालिका सदस्य सीता रिजाल वडा सदस्यहरु गृष्म सुब्बा बलिमाया घतानीकाे समेत उपस्थिति रहेकाे थियाे ।

इलाम नगरपालिकाले यसै आर्थिक वर्षमा किसानहरुलाई ५० वटा हाते ट्याक्टर, विभिन्न फलफूलकाृे विरुवासमेत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार