भगवती माविमा विज्ञान दरवन्दीमा ‘राजनीति’ गर्न खोजेको भन्दै विप्लवनिकट विद्यार्थीको आपत्ति

  आवाज संवाददाता

इलाम, १२ पुस : इलाम सदरमुकामस्थित भगवती माविमा अंग्रेजीमा राजनीतिकरण गरेर खाली दरवन्दीमा अर्को विषय राखेको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनले आपत्ति जनाएको छ ।

  विद्यालयमा विज्ञान विषयको दरवन्दी खाली रहेको तर अंग्रेजी विषयको शिक्षक नियुक्ति गर्न खोजेको विप्लव निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले जनाएको छ । संगठनले आज विज्ञप्ति जारी गर्दै सोही दरवन्दी मंसिर ४ मा खाली रहेको तर राजनीतिक स्वार्थलाई केन्द्रविन्दुमा राखेर विषयान्तर गर्न खोजिएको आरोप लगाएको छ ।

   ‘राजनीतिक स्वार्थलाई केन्द्रमा राखेर एकलौटी रूपमा उक्त खाली विषयान्तर गर्न खोजेको छ ।’ विज्ञप्तिमा भनिएको छ ,‘विज्ञान विषयको अब्बल शिक्षक नियुक्त गर्न हाम्रो जोडदार माग छ ।’ संगठनका अध्यक्ष विपि मगरले हस्ताक्षरित विज्ञप्तिमा राजनीतिकरण गरेर विषयान्तर गरेमा कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार