इलाम, १२ पुस : नेकपा (एकीकृत समाजवादी ) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू जिल्ला कमिटी इलामको सङ्गठन विस्तार कार्यक्रम अन्तर्गत आज माइजोगमाई गाउँपालिकाको शिवमाइ मा.विमा प्रारम्भिक कमिटी गठन गरेको छ । कमिटीको अध्यक्ष अभिषेक लम्साल , उपाध्यक्ष रेजिना पौडेल, सचिव जेनिसा थामी, सह–सचिव सरोज खड्का र सक्षम खड्का र कोषाध्यक्षमा तृष्णा पौडेल चयन भएका छन् ।
अनेरास्ववियू स्थायी कमिटी सदस्य,इलाम इन्चार्ज मानबहादुर गुरुङ्ग, अनेरास्ववियू जिल्ला कमिटी इलाम अध्यक्ष डिकेन्द्र दाहाल ,अनेरास्ववियू जिल्ला कमिटी इलाम सचिव चेतन अधिकारीको उपस्थितिमा २१ सदस्य कमिटी गठन भएको हो ।