माग पूरा नभएको भन्दै विद्यार्थीले गरे माेर्डन क्याम्पस प्रशासनमा तालावन्दी,चरणवद्ध आन्दोलन गर्ने

  आवाज संवाददाता

आफूहरूको माग पूरा नभएको भन्दै इलाम सदरमुकामस्थित मोर्डन क्याम्पस इलामका विद्यार्थीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शुल्क वृद्धि रोक गर्न, ल्याव निरन्तर सञ्चालन गर्न र प्रयोगात्मक क्रियाकलापमा विद्यार्थीलाई सामेल गराउनजस्ता विभिन्न माग क्याम्पस समक्ष बुझाएका थिए ।

विद्यालयसँग पटक÷पटक बैठक बस्दा समेत माग पूरा नभएपछि प्रशासनमा ताला लगाउन बाध्य भएको संगठनका जिल्ला अध्यक्ष डिकेन्द्र दाहालले जानकारी दिए ।  विद्यार्थीले मासिक वृद्धि शुल्क ५० प्रतिशत छुट दिन, कम्प्युटर ल्याव व्यवस्थापन गर्न, विद्यार्थीलाई सेक्सनमा राखेर काम गर्न, अतिरित्त कृयाकलाप सञ्चालन गर्नलगायतका माग राखिएको थियो । विद्यालयले माग पूरा गर्न विद्यार्थीसँग बैठक बस्न समेत आनाकानी गरेको अध्यक्ष दाहालले गुनासो गरे ।

आफूहरुका माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गरिरहने संगठनले बताएको छ । यता, विद्यालयले भने आफूहरूले विद्यार्थीको विषयमा छलफल गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार