मरवमा अनेरास्ववियुका तीन संकायमै नेतृत्व चयन

  आवाज संवाददाता

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इलामको शैक्षिक गन्तव्यको रुपमा रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा संकायगत ( सिफ्ट ) कमिटी निर्माण कार्यलाई तिब्रता दिएको छ ।

मंगलबार गठन भएको मानविकी संकायको अध्यक्षमा मदन दियाली, उपाध्यक्षमा अस्मिता भट्टराई र मङेस राई, सचिव दिपा तामाङ चयन भएका छन् । यस्तै, कमिटीको सहसचिव शान्ति गुरुङ ,सुस्मा राई र प्रतीक्षा वास्ती रहेका छन् ।
यस्तै आजै गठन भएकाे शिक्षा सङ्कायकाे अध्यक्षमा रचना राई, उपाध्यक्ष  मानव चौहान, सबिना मगर, एलिना रसाइली रहेका छन् ।
सचिवमा उषा लामिछाने, सहसचिव एन्जिना राई, तारा सुवेदी, सजिना राई र कोषाध्यक्ष इन्द्रकला पाण्डे रहेका छन् ।

मरवकै व्यवस्थापन स‌ंकायकाे अध्यक्षमा राम न्यौपाने, उपाध्यक्ष  नन्दिता बस्नेत,सचिव  अजित राई, सहसचिव सुजना खत्री, बिर्जिला कार्की, निरोज राय र कोषाध्यक्ष दिनेश आचार्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार