‘तमू ल्होसार’ बिदाको निर्णय भएको छैन, विज्ञप्ति नक्कली हो : गृह मन्त्रालय

  आवाज संवाददाता

बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन् ।

     यता गृह मन्त्रालयले ‘तमू ल्होसा’को सार्वजनिक बिदा बारे कुनै सार्वजनिक सूचना जारी नगेको जनाएको छ । मन्त्रालयले अहिले सामाजिक सञ्जालमा सेयर भएको बिदाको सूचना भ्रामक भएको जनाएको छ ।अहिले मन्त्रिपरिषद् बैठक जारी रहेको र बैठक समापन भएपश्चात मात्र आधिकारीक जानकारी आउने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार