मोरङ।मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, ऐ।ऐ। ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् ।
आइतबार दिउसो साढे ३ बजे कटहरी गाँउपालिका -४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै सिराहा मिर्चैया नगरपालिका -६ बस्ने २८ बर्षीय ब्रमदेव यादव लागुऔषध डाइलेक्स डीसीसहित पक्राउ परेका छन् । हिजो साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालीका -१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा डाइलेक्स डीसी २७ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।