दुईदिन यता इलाम इलाम सदरमुकामस्थित मोर्डन क्याम्पसको माहोल तातेको छ । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीको प्रशासनसँगको मनमुटावले मोर्डन विवादित बनेको हो । १५ दिनअघि अनेरास्ववियूका विद्यार्थीले विभिन्न माग राख्दै विद्यालय प्रशासनलाई ध्यानाकर्षण बुझाएका थिए ।
बढेको मासिक घटाउन, कम्प्युटर ल्याव व्यवस्थापन गर्न, विद्यार्थीलाई सेक्सनमा राखेर काम गर्न, अतिरित्त कृयाकलाप सञ्चालन गर्नलगायतका माग राख्दै अनेरास्ववियूले माग प्रशासनसँग बुझाएको थियो ।
निर्धारित समयमा माग पूरा नभएपछि मंगलबार विद्यार्थीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । “हामीले शान्तिपूर्ण तवरले आन्दोलन गर्दै रहेका थियौ । प्रशासनसँग सम्झौता नभएपछि तालाबन्दी गरेका हौं ।” अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष डिकेन्द्र दाहालले भने । दाहालका अनुसार तालाबन्दीपश्चात् विद्यार्थीले नाराजुलुस गरे । नाराजुलुसका क्रममा ‘क्याम्पसकै संलग्नता’मा विद्यार्थीमाथि कुटपिट गरिएको अनेरास्ववियूको आरोप छ । आफ्ना माग बारेमा ध्यानाकर्षण गराउन बुधबार प्रशासन पुग्दा समेत अघिल्लै दिनको गतिविधि दोहोरिएको विद्यार्थीको आरोप छ ।
आफूहरूका माग विरुद्ध प्रशासनको तालाबन्दी खोल्ने काम भएका र आफ्ना विद्यार्थीमाथि कुटपिट भएको दाहालको भनाइ छ । “नियोजिततवरबाट हाम्रा साथीमाथि कुटपिट भयो । जायज मागमाथि प्रशांसनले अंकुश लगायो ।”
यता क्याम्पस प्रशासनले भने विद्यार्थीले भने जस्तो गतिविधि आफूहरूले नगरेको बताएको छ । शान्तिपूर्ण तवरले नै अघि बढ्दा समस्या भएको प्रशासनको भनाइ छ ।
छलफलपछि अन्य कार्यक्रम अगाडि बढाउने रणनीति
विद्यार्थीमाथि आक्रमण भएपछि अनेरास्ववियू नयाँ रणनीति बनाउने क्रममा छ । माग पूरा गराउन लगाउन तालावन्दी समेत खोलिएपछि अब के गर्ने भन्नेमा छ । क्याम्पस प्रशासनलाई गलाउन कस्तो रणनीति बनाउने योजनामा भोलि छलफल हुने अध्यक्ष दाहालको भनाइ छ ।