नेपाली कांग्रेस इलामको प्रदेश सभा १ (ख) को नियमित बैठक आज इलामको रोङमा सम्पन्न भएको छ ।
बैठकले कार्य समितिको कोषाध्यक्षमा निर्वाचित सदस्य डम्बरबहादुर राईलाई मनोनित गरेको छ । यस्तै, प्रत्येक महिनामा कार्य समितिको बैठक बस्ने,कार्यालय व्यवस्थापनका लागि पाँच सदस्य समिति बनाउने निर्णय गरेको छ ।
कार्य समिति सभापति निस्कल राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश विशेष अभियान’ क्षेत्रीय समितिसँग सहकार्य गरेर चलाउने र प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई आगामी बैठकको एजेण्डा बनाउने निर्णय गरेको हो ।