विद्यालय सचेनाका लागि विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्तक्रिया

इलामको माइजोगमाइ गाउँपालिकामा शिक्षासम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षक, अभिभावक र विद्यार्थीबीच भएको कार्यक्रमको आयोजना मानवअधिकार समूह माइजोगमाईले आयोजना थियो भने कार्यक्रमको अध्यक्षता मानव अधिकार समूह सदस्य आङपासाङ शेर्पा र गाउँपालिका वडा नं. १ का वडाध्यक्ष यामबहादुर कार्कीको प्रमुख अतिथ्यमा भएको थियो ।
अन्तक्र्रियामा नरदेवी प्राथमिक विद्यालयका शिक्षकले १५ रुपैयाले दिवा खाजा नपुगेको र यसमा गाउँपालिकाले सहयोग गर्नुपर्ने र वालमैत्री विद्यालय हुनुपर्ने बताइन् । त्यस्तै, शिरिसे माध्यमिक विद्यालयका शिक्षक मनोज यादवले खानेपानीको व्यवस्था विद्यालयमा राम्रो नभएको र माध्मिक विद्यालयमा दरवन्दी थोरै भएको बताए ।

     त्यस्तै शुभकन्या अङ्ग्रेजी स्कुल माइजोगमाइ १ कि शिक्षिका आशा यल्माेले विद्यार्थी भर्ना भएपनि स्कुलमा नआउने गरेको र संस्थागत विद्यालयमा पनि छात्राको लागि सेनिटरी प्याडको व्यवस्था गर्नुपर्ने बताइन् ।  शुभकन्या स्कुलकै शिक्षक उमानाथ सापकोटाले विद्यालयस्तरीय खेलकुद कार्यक्रम पुरुषको मात्र खेलकुद हुने गरेको र महिलाहरुलाई पनि खेलकुदमा समावेश गर्नुपर्ने कुरा बताए । उनले निजी विद्यालय र सरकारी विद्यालयलाई समेटिएर अतिरिक्त क्रियाकलापहरु जोड दिए ।

    गाउँपालिकाका अध्यक्ष जीतबहादुर राइले मानवअधिकार समूहले उठाएका सवालहरुलाइ ध्यानमा राख्ने प्रतिबद्धता जनाए । वडा न १ का वडाध्यक्ष याम कार्कीले मानवअधिकारले उठाएका जतिपनि सवालहरुको सम्बोधन गर्ने बचन दिए । कार्यक्रमको संचालन इन्सेक सहजकर्ता नारदमणि चापागाईंले गरे भने कार्यक्रममा २५ जनाको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार