मरवको समस्या समाधान गर्न प्रशासनसमक्ष विद्यार्थीले बुझाए चार सय हस्ताक्षर

  आवाज संवाददाता

इलाम १४ पुस : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले आज विद्यार्थीहरुको विभिन्न समस्या समाधान गर्न क्याम्पस प्रशासन समक्ष हस्ताक्षर बुझाएको छ ।
वागवानी संकायका विद्यार्थीहरुले कृषि र वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर अध्ययन गर्न पाउनु पर्ने र क्याम्पसको लेखा काउण्टरलाई कार्यालय अवधिभर सञ्चालन गर्नु पर्ने मागलाई कार्यन्वयन गर्न हस्ताक्षर संकलन गरि बुझाइएको हो ।

     उक्त माग पटक पटक मागपत्रको रुपमा क्याम्पसलाई बुझाएता पनि कार्यनयन गर्न कुनै किसिमको ठोस पहल कदमी नभएकोले रचनात्मक आन्दोलनको माध्यमबाट दबाब दिन बाध्य भएको हो । करिब ४०० विद्यार्थीहरुको हस्ताक्षर प्रशासनसमक्ष बुझाएको छ ।  उक्त मागको कार्यन्वयनको लागि ठोस् विश्वसनिय आधार २४ घण्टा भित्र दिनुपर्ने अन्यथा कडा भन्दा कडा कदम चाल्न अनेरास्ववियुलेका क्याम्पस अध्यक्ष किशोर आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार