फराकिलो मैत्री वचत तथा ऋण सहकारीकाे अध्यक्षमा लक्ष्मण

  आवाज संवाददाता

इलामको फराकिलो मैत्री वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लक्ष्मणकुमार दुलाल सर्वसहमतिबाट निर्वाचित भएका छन् । आज इलाम सदरमुकाममा भएको चौथो अधिवेशनबाट उपाध्यक्ष राजेन्द्र पौड्याल, सचिव पदमसिंह थापा र कोषाध्यक्ष ऋतुनाथ बास्तोला निर्वाचित भएका छन् । समितिको सदस्यमा अशोक क्षेत्री,खगेन्द्र खड्का, गोपाल नेपाल, विद्या सापकोटा र गोपाल थापा रहेका छन् ।

  अधिवेशनले चित्रप्रसाद दहालको संयोजकत्वमा तीन सदस्य लेखा समिति गठन गरेको छ । समितिको सदस्यमा पशुपति भट्टराई र होम ढुंगाना चयन भएका छन् । संस्थाका अध्यक्ष केदारनाथ सापकोटाको अध्यक्षता, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको विशेष आतिथ्यमा भएको सम्पन्न चौथो अधिवेशन र दशौ साधारण सभामा २५ लाख १३ हजार एक सय ३९ रुपैयाँ बराबरको आय÷व्यय प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार