भगवतीको शिक्षक नियुक्तिमा विज्ञप्ति विप्लवपछि नेविसंघको ज्ञापनपत्र :‘अंग्रेजी विषयकै शिक्षक आवश्यक छ’

  आवाज संवाददाता

इलाम सदरमुकामस्थित भगवती माध्यमिक विद्यालयको विज्ञान शिक्षक नियुक्तिको विषय अहिले चर्चामा छ । विज्ञान विषयको शिक्षक कोटामा अंग्रेजी शिक्षक ल्याउने भन्दै राजनीतिक दलनिकट विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै आएका छन् । संगठनले भगवती माविमा विज्ञानकै शिक्षक आवश्यक रहेकाले विषयान्तर बनाएर शिक्षक नल्याउन अनुरोध गरेका छन् ।
केहीदिन अघि नेत्रविक्रम चन्द ‘विप्लव’निकट अखिल क्रान्तिकारीले विद्यार्थीको भविष्य डामाडोल हुने निर्णय नगर्न आग्रह गरेको थियो । आज नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले समेत क्रान्तिकारीकै शैलीमा ज्ञापनपत्र निकालेको छ ।
संघले विषयान्तर गरी ‘एक व्यक्तिको अनुकूलताको लागि शैक्षिक गुणस्तर र विद्यार्थीको भविष्यमाथि खेलवाड’ गरेको आरोप लगाएको छ । संघका कार्यवहाक अध्यक्ष प्रकाश भट्टराईकोको हस्ताक्षरित ज्ञापनपत्रा विषयान्तर गर्न खोजे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र शिक्षा, विकास तथा समन्वय इकाईलाई बुझाउने तयारी छ भने बोधार्थमा नगर शिक्षा समन्वय इकाई, इलाम नगरपालिका, विद्यालय व्यवस्थापन समिति लेखिएको छ । यता, विद्यालयले भने हालसम्म लिखित जानकारी दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार