अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इलाम जिल्ला कमिटीको पहिलो पूर्ण बैठक आज इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।
क्याम्पस परिसरमा नेपालकाे नक्साकाे झण्डा राखेर सुरु भएको बैठकले गाउँपालिका÷नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको छ । यस्तै, सबै विद्यालयस्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको अखिलका कोषाध्यक्ष विशाल कार्कीले जानकारी दिए । यस्तै, सबै स्थानीय तह र क्याम्पसहरुमा जिल्ला व्यापीरुपमा संगठन विस्तार गर्ने निर्णय भएको छ । यस्तै, कमिटीको बैठकले आउँदा दिनमा अखिल फोर्स गठन गर्ने भएको छ ।
जिल्ला कमिटीको नवनिर्वाचित अध्यक्ष सचिनजंग रायमाझीको अध्यक्षता र अनेरास्ववियु स्थायी कमिटी सदस्य रबिन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा २३ औं अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्याबाद ज्ञापन गरिएको छ ।