इलामे साहित्यकार भण्डारीकाे निधन

वरिष्ठ साहित्यकार माधवप्रसाद भण्डारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित निवासमा मृत्यु भएको हो ।

स्व. भण्डारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ ९सहलेखन०, ‘जन्मघर नाटक’ २०२८, ‘हाम्रो साहित्य र साहित्यकार’ २०२८ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’ २०३०, ‘आमाको आकाङ्क्षा’ २०३६ ‘माधव भडारीका कथा’ २०४०, ‘नबिर्सिने कोशेली’ २०६१ लगायत दर्जनौं चर्चित कृति तथा सङ्ग्रह प्रकाशित भएकोे साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।

साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने मैनाली कथा पुरस्कारबाट २०५८ सालमा पुरस्कृत भएका भडारी महानन्द पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथो आदिबाट सम्मानित भइसकेका साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । स्व. भडारीलाई इलाम संस्कृति प्रतिष्ठानले अभिनन्दनसमेत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार