विद्यार्थीले गरे विद्यार्थीलाई नै सहयाेग

  आवाज संवाददाता

इलाम नगरपालिका–१० स्थित गोदकको माइवेशीमा रहेको नयाँ नमूना आधारभूत विद्यालयलाई इलाम माध्यमिक विद्यालय इलाममा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् ।
आफूहरूले खाजा खर्च बापतको रकम बचाएर्र प्रोत्साहनस्वरूप सहयोग सामग्री प्रदान गरेको बताएका छन् । जम्मा पचास जना विद्यार्थी संख्या भएका विद्यालयमा दश हजार मूल्य बराबरको सामग्री प्रदान गरेका हुन् ।
प्रत्येक विद्यार्थीलाई खाता ,कलम,पेन्सिल,इरेजर,पेन्सिल कटर,पाँच जोर न्यानो कपडा,पाच जोर स्कुल पोसाक आदि वितरण गरेको सहयोगी समूहकी ललिता पेडिवालले जानकारी दिइन् । विद्यार्थीहरू कुसुम मुखिया,सरू मुखिया, सुम्निमा नेम्वाङ, जानुका गुरुङ,रोस्ना राई,बसन्ती सेर्मा, ललिता पेडिवाल,विक्रम सुन्दासले उक्त सामग्री विद्यालयमा परिसरमै पुगी विद्यार्थीहरूलाई आइतबार वितरण गरेका हुन् ।
सामग्री वितरण कार्यक्रम बोल्दै विद्यालयका प्रधानाध्यापक भाष्कर भारद्वाजले विद्यार्थीहरू नै स्वयं विद्यार्थीहरूको लागि लागि पर्नु उदाहरणीय कार्य भएको बताए । उनले नया नमुना विद्यालय बनाउन आफू दिलो ज्यान दिएर लागिरहेको र सबै सहयोगी मनहरूलाई यस अभियानमा जोडिएर सहयोग गर्न पनि अनुरोध गरे । विद्यालयमा विद्यार्थी संख्या कम भएको र भएका विद्यार्थी पनि समयमा विद्यालय उपस्थित हुन नसक्नु ठूलो समस्या रहेको उनको गुनासो थियो ।
सामुदायिक विद्यालयमा निम्न वर्गका वालबालिका आउने भएको हुदाँ उनीहरूको शिक्षा स्तर उकास्न सबैको ध्यान पुग्नु पर्ने बताए ।
कार्यक्रममा संचारकर्मी समेत रहेका विक्रम सुन्दासले यस्ता उदाहरणीय कार्य गर्न आफूले विद्यार्थीहरूलाई प्रेरित गर्ने र आगामी दिनहरूमा आफू विद्यार्थी भएकै कारण विद्यार्थीलाई सहयोग गर्न निरन्तर रूपमा लागी पर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार