नेकपा माओवादी केन्द्र इलामका इन्चार्ज धिरेन्द्र शर्मा र उनी श्रीमती लक्ष्मी न्यौपाने सरु केन्द्रिय सदस्य चयन भएका छन् । अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गर्दा शर्मा दम्पती केन्द्रिय सदस्य चयन भएका हुन् । रमण समानुपातिक खस आर्य पुरुषतर्फ केन्द्रिय सदस्य निर्वाचित हुँदा सरु खस आर्य महिलाबाट केन्द्रिय सदस्य बनेकी हुन् ।
रमण यसअघि समेत केन्द्रिय सदस्य रहेका थिए । नेकपा एमाले र माओवादी केन्द्र एकिकरणपछि बनेको नेकपामा समेत रमणले केन्द्रिय सदस्यको जिम्मेवारी पाएका थिए । इलामको फाकफोकथुम गाउँपालिकाका उनी प्रदेश नं १ का प्रदेश सांसद समेत हुन् । सरु गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विर्तामोड नगरपालिकाको उपप्रमुखको उम्मेदवार रहेकी थिइन् ।