इलाममा कृषि क्याम्पस सञ्चालनको अन्तिम तयारी

नगदे बाली तथा कृषि उत्पादनको मुख्य जिल्ला मानिने इलाममा कृषि क्याम्पस सञ्चालनको अन्तिम तयारी हुँदैछ । इलाम नगरपालिकाले सामुदायिक कृषि क्याम्पस सञ्चालनका थालेको प्रक्रिया अन्तिम चरणमा पुगेको नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार फ्याकल्टी वोर्डले सम्वद्र्धन दिइसकेको छ । अब क्याम्पस सञ्चालनका लागि पूर्वाञ्चल विश्व विद्यालयबाट अन्तिम सम्र्वद्धनको तयारीमा रहेको श्रेष्ठले बताए । नगरपालिका-९ शेरास्थित बर्सपार्कका लागि बनाइएको भवनलाई कृषि क्याम्पसका लागि प्रयोग गर्ने नगरपालिकाले तयारी गरेको छ ।
४८ जना विद्यार्थीलाई बिएसीएजी पढाउने तयारी गरेको नगरपालिकाले प्रयोगशाला, पुस्तकालय र स्मार्ट कक्षा तयार गरिसकेको छ । ‘विद्यार्थीहरु सम्प्र्कमा छन् । विश्वविद्यालयबाट सम्र्वद्धन पाउनसाथ प्रवेश परिक्षाका लागि कक्षा सञ्चालन गर्ने तयारी छ ।’ प्रवक्ता श्रेष्ठले भने । आठ सेमेस्टरमा चारवर्षे कक्षा सञ्चालन हुने पढाइका लागि प्रति विद्यार्थी चारलाख रुपैयाँ खर्च हुने अनुमान रहेको जनाइएको छ ।
नगरपालिकास्थित नगर कार्यपालिका बैठकले क्याम्पस सञ्चालन गर्ने कार्यविधि पारित गरेको थियो । कार्यविधि अनुसार महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख जसबहादुर लुङ्गेलीको अध्यक्षतामा १३ सदस्य सञ्चालक समिति गठन गरेको थियो । क्याम्पसका लागि डा.योगेन्द्रमान श्रेष्ठलाई प्रमुख र अर्का एक प्राध्यापकलाई नियुक्ति समेत गरिसकिएको बताइएको छ ।
क्याम्पसको व्यवस्थापनका लागि शुरुमा दश लाख र पुनः २५ लाख थप गरि ३५ लाख रुपैयाँको कोष तयार गरिसकेको छ । उक्त रकमले नपुग्ने हुँदा नगरपालिकाले थप खर्च व्यवस्थापन गर्ने जनाइएको छ ।
नयाँ सञ्चालन गर्न लागिएको क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर गरि चारवटा संकाय हुने अध्यक्ष लुङ्गेली बताउँछन् । यहाँ विज्ञान विषयमा कक्षा १२ उत्र्तीण गरेका र मान्यता प्राप्त सीटीइभीटीबाट तालिम लिएका विद्यार्थीले अध्यययन गर्न पाउने छन् । ‘यो कृषि क्याम्पसबाट स्नातक उत्र्तीण गर्नेहरुलाई लोक सेवा आयोगको परिक्षामा सामेल हुन र अन्य तिर पनि रोजगारीको अवसर प्राप्त गर्न कुनै अप्ठ्यारो पर्दैन ।’ अध्यक्ष लुङ्गेलीले भने ‘अन्य तिर रहेका कृषि क्याम्पसमा भन्दा यहाँ सामुदायिक भएकाले केही सस्तो मुल्यमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् भन्ने अपेक्षा लिइएको छ ।’ आगामी मंसिर(पुस महिना देखि पढाइ शुरु गर्ने लक्ष्य राखिएको क्याम्पसमा ५० जनाको कोटा रहने र कोटामा विद्यार्थी पूर्ण हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार