शिक्षासम्बन्धी समस्यालाई लिएर शिक्षक, विद्यार्थी र अभिभावकबीच छलफल

  आवाज संवाददाता

समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सन्दकपुर १ मा शिक्षक,अभिभावक, र विद्यार्थीबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निमार्ण अन्तर्गत शिक्षाको अधिकार सम्बन्धी शिक्षक,अभिभावक, र विधार्थीबीचइलामको अन्तक्र्रिया भएको थियो ।
मानवअधिका समूहका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता, सन्दकपुर गाउँपालिका काकार्यपालिका सदस्य छत्र दियालीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा, सन्दकपुर गाउँपालिका कार्यालयका कार्यापालिका प्रमुख प्रशासकीय अधिकृत महेश राई, सन्दकपुर गाउँपालिका कार्यालयकी शिक्षा शाखा प्रमुख कल्पना ढकाल, शिक्षक संंगठनका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र इन्सेक जिल्लाप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सन्दकपुर १ का निर्वाचित सदस्य रहर राईले शिक्षको क्षेत्रमा महत्वपूण सवालहरु उठेको र अभिभावकहरु निजी विद्यालयतिर मात्र नभई सरकारी विद्यालयतिर आकर्षित हुन थालेको बताए ।
त्यस्तै सन्दकपुर गाउँपालिका कार्यलयका कार्यपालिका सदस्य छत्र दियालीले शिक्षा महत्वपूर्ण र आवश्यक चिज रहेकाले शिक्षा लिनबाट कोहीपनि वञ्चित हुन नहुने र कार्यक्रमबाट उठेका महत्वपूर्ण सवालहरुलाई कार्यपालिकामा उठाउने प्रतिबद्घता जनाए । कार्यक्रममा कक्षा १देखि ८ सम्म स्थानिय पाठ्यक्रमको आवश्यक्ता रहेको, कम्प्युटर शिक्षको आवश्यक्ता लगायतका सवालहरु उठेका थिए ।कार्यक्रमको सञ्चालन इन्सेक सहजकर्तां नारद चापागाइले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार