प्रिय आफन्तीहरु,‘तपाईं कुरा काट्दै जानुहोस्, म अघि बढ्दै जान्छु नि है ।’

 “जसले जे भनेनी छैन मलाई पिर, मेरो कुरा काट्नेलाई भातको सट्टा खिर” ।
छेउमै  गीत मात्र सुन्नलाई कामदिने मोवाइलमा बज्दै थियाे यो गीत ।  म त यहि गीतको शब्दमा डुबिरहेकी रहेछु। लेख्न औधी मन पराउने मान्छे भएर होला  कसले गायो भन्दापनि कसले लेख्योतिर ध्यान केन्द्रित भयाे ।
   अहा ! लेखकलाई हार्दिक नमन गर्न मन लाग्यो कति उर्जावान र प्रेरणादायी शब्दले भरिदिनु भएछ म्युजिकलाई। प्रिय नामका आफन्तहरु म आज जुन ठाउँमा छु,जे गर्दै छु, म जे बने यसमा मेरो अनवरत मेहनतले मात्रै कहाँ पुग्यो ।  हजुरहरुको त्यो डाहा, पाइलापाइलामा मलाई उछिट्याउन गर्नु भएको ठुलो संघर्ष हाे । अनि मेरा कुरा गरेर नथाक्ने ती ओठ मुखहरु, चिप्लाउन पोखिएका तेलहरु, अल्झाउन बाँधिएका डोरीहरुलाई बधाइ छ ।
  टेक्न बाध्य बनाइएका काँडाहरु,भए नभएका बिषयमा गरिएका गहिरो खोज अनुसन्धानहरुले पनि त मलाई ठूलो राहत दिएको छ। आज म यतिका खुशी भएर बाँच्नुको पछाडि हजुरहरुको त्यो अथाह माया, असीमित सम्झना, अगणित रेखदेख जोडिएको छ।
मलाइ जीवनमा कोही नहुँदा पनि कहिल्यै एक्लो महसुस भएन किनकि मेरो प्रत्येक पाइलामा तपाई नामका आफन्तीहरु अघि पछि गर्दै बाटो छेक्दै हुनुहुन्थ्याे ।  अनि  तपाइकाे त्यही कर्मले खुट्टा तान्दै हिडिरहनु भएको थियो,मलाई बाटो क्रस गर्न साथी भयो कृतज्ञ छु ! मलाई यतिधेरै याद गर्ने हजुरहरु हुनुन्छ रातभर हिक्कहिक्क बाडुली लाग्छ।  
मलाइ जीवनमा कोही नहुँदा पनि कहिल्यै एक्लो महसुस भएन किनकि मेरो प्रत्येक पाइलामा तपाई नामका आफन्तीहरु अघि पछि गर्दै बाटो छेक्दै हुनुहुन्थ्याे ।  अनि  तपाइकाे त्यही कर्मले खुट्टा तान्दै हिडिरहनु भएको थियो,मलाई बाटो क्रस गर्न साथी भयो कृतज्ञ छु ! मलाई यतिधेरै याद गर्ने हजुरहरु हुनुन्छ रातभर हिक्कहिक्क बाडुली लाग्छ।
  मेरो लागि यतिका धेरै रेखदेख,हेरचाह किन ? जब तपाई आफ्नो समय बर्बाद गर्दै मेरो सम्झना गर्नु हुन्छ ।  मेरो लागि यतिका धेरै टेन्सन किन ? अब तपाईं आफु नै बिरामी पर्नु हुन्छ लिमिटमा सम्झिदिए पुग्छ भन्छु तपाईं मान्नु हुन्न अह: ।  म त तलाई छोड्ने वाला छैन म मेरो अन्तिम साससम्म पनि ‘तेरो चियो गरिरहन्छु‘ भन्नू हुन्छ कति भाग्यमानी महसुस गर्छु ।
  तपाईं जस्तो आफन्ती हुनुन्छ, जो मर्दा एकदिन आउन मात्रै काम लाग्छ तर बाचुनजेसम्म पिच्छा छोड्दैन। म त तपाईंहरुलाई सधैं सम्झाउने कोशिस गर्छु आफ्नो परिवारलाई समय दिनुस परिवार बलियो बनाउनुस् । आफ्नो छोराछोरीतर्फ ध्यान दिनुस भन्छु मैले ब्याचलर सकेर मास्टर्स जोइन गर्दा रातभर नसुत्ने तपाईं आफ्नो छोराछोरीलाई उच्च शिक्षा दिनेतर्फ सोच्नुस ।
  समयको मुल्यलाई आफुले त चिन्नु भएन तर आफ्ना सन्ततिलाई त चिनाउनुस ! म ती काला दिनहरुलाई आज पनि उत्तिकै महसुस गर्छु जतिबेला म अप्ठ्यारोमा अन्योलतामा भौतारिदै कसैको साथ, सहयोग र सल्लाहको अपेक्षा मनमा लिएर हिड्थे । त्यो समयमा तपाईंहरुको बटारिएको मुन्टो कहिलेकाही झलक्क आखामा आउँछ र हराईजान्छ । अनि मनले धन्यवाद भन्छ मेरो पछि लागेर तर एक्लै लड्न सिकाउने पनि त हजुरहरुनै हो ।
हरेक कुराका लागि आभारी छु। मानिसको जिवनको सत्यहरु परिवर्तन भईरहन्छ्न । समय आफैमा परिवर्तनशिल छ । म पनि समयसँगै परिवर्तन हुदैछु । सक्नु हुन्छ भने हजुरहरु पनि आफ्नो घटिया सोच परिवर्तन गर्नुस। भनाई नै छ ” कुरा काट्ने मान्छे र बाटो काट्ने बिरालो उस्तै हुन तिनीहरुहरुलाई थु थु गर्दै अघि बढनु पर्छ।”
जसरी बिचरो बिरालोले हाम्रो बाटो काट्दा केही हुदैन त्यसैगरी प्यारा आफन्तीले कुरा काट्दा नकारात्मक केही हुदैन । अझै हौसला मिल्छ। कुनै समय यस्तो थियो म केहि मात्रामा डिप्रेस नै भैसकेको थिए । जीवनको परिभाषाको खोजीमा म बाटोको छेउ र भित्ताहरुमा बरालिईरहे । न त केही बुझ्न सके मेरा केही वर्षहरु यत्तिकै बिते।
जसरी बिचरो बिरालोले हाम्रो बाटो काट्दा केही हुदैन त्यसैगरी प्यारा आफन्तीले कुरा काट्दा नकारात्मक केही हुदैन । अझै हौसला मिल्छ। कुनै समय यस्तो थियो म केहि मात्रामा डिप्रेस नै भैसकेको थिए । जीवनको परिभाषाको खोजीमा म बाटोको छेउ र भित्ताहरुमा बरालिईरहे । न त केही बुझ्न सके मेरा केही वर्षहरु यत्तिकै बिते।
   जे गर्न खोज्छु त्यो हुदैन । राम्रो गर्न खोज्छु गलत भैदिन्छ । सबैलाई प्यार गर्छु घात पाउछु । सबैलाई साथी दिन्छु आफू एक्लिन्छु । हो, त्यही समय जुन समयमा मलाई एक्लाईयो त्यहीबाट हो मैले एक्लै हिड्न, लड्न बढ्न अनि एक्लै बाँच्न सिकेकी। म खुट्टा तान्न लागिपरेका तमाम आफन्त र साथीहरुलाई आज सम्झिदै छु किनकि मलाई यतिका शव्द लेख्ने उर्जा हजुरहरुबाटै मिलेको छ ।  मानिस आफ्नो अवनति देखेर भन्दापनि अर्काको उन्नति देखेर बढी दुखी हुन्छ रे । तर मलाई तपाईंहरु सदा खुशी भएको हेर्ने मन हुन्छ । तपाईंहरु मेरो मर्म बुझ्नु हुन्न र दुखको बाटो रोज्नु हुन्छ।
कुनैकुनै घटनाको सन्झना आईरहन्छ । जब तपाईंहरुको आखाँ मेरो कारणले बन्द हुन सकेन र रातभरि नै अनिधो बस्नु भयो । म प्रिय आफन्ती: प्रतिस्पर्धाको समयमा केहि कुरामा अरुलाई जितेर अघि बढ्न कति गाह्रो छ । यो कुराहरु कहिले बुझ्ने हो हजुरहरुले । बुझ्नु पर्ने कुरा समयमै नबुझ्दाको परिणामहरु कति त आफैले पनि भोग्नु भएको छ होला । कति अन्जान भएर बस्नु हुन्छ ! दशै आउँछ, तिहार आउँछ मेरो कति पिर लाग्या हो ।
 तपाईहरुलाई म कहाँ कस्तो प्रकारले टीका ग्रहण गरेर आशीर्वाद लिन्छु भन्दापनि मैले के कपडा लगाउछु भन्नेमा हजुरहरुको ध्यान केन्द्रित हुदो रहेछ । यो सबै समय बर्बाद मात्रै हो बस्त्र आखिर केही क्षणको आखाको आन्नद न हो । केही समयपछि त्यो त पुरानो हुन्छ,फाट्छ अनि सकिन्छ तर मानिसमा भएको ज्ञान सीप कहिल्यै सकिदैन । समयसगै बढ्दै जान्छ निरन्तर। म परिवर्तनको निमित्त निरन्तर बोलिरहदा आफ्नैहरुको कालो कर्तुतको बिरुद्धमा एक्लै उभिदा तपाईंहरुको नजरमा म कुसंस्कारी भएको थिए सकारात्मक परिवर्तनको लागि लड्दा मलाई सस्कारको नाममा गरिने हिंसा कतिपनि पाच्य भएन मेरो एक्लो लडाईले तपाईहरुको थोत्रो मानसिकता परिवर्तन भयो भएन त्योत बिस्तारै समयले देखाउने छ । तर थोत्रो मानसिकतामा धक्का अवस्य लाग्यो त्यो महसुस गरेको छु।
मैले महिनावारी बार्न हुदैन यो त एउटा गौरव हो । यसलाई सबै मिलेर हर्षका साथ मनाउन पर्छ भनेर बोलेको दिनबाट मेरो हातको मात्रै हैन मेरो घरमै पानी नखाएको दिन आज जस्तै लाग्छ । त्यही बोलीबाट केही सज्जनको चेत खुलेको पनि छ । उनीहरु त सदा धन्य हुन्छ्न। म यहाँ यस्तै चलन छ भनेर चुप बस्ने मान्छे हैन अनि म एक्लैले मात्रै गरेर के हुन्छ ।
मैले महिनावारी बार्न हुदैन यो त एउटा गौरव हो । यसलाई सबै मिलेर हर्षका साथ मनाउन पर्छ भनेर बोलेको दिनबाट मेरो हातको मात्रै हैन मेरो घरमै पानी नखाएको दिन आज जस्तै लाग्छ । त्यही बोलीबाट केही सज्जनको चेत खुलेको पनि छ । उनीहरु त सदा धन्य हुन्छ्न। म यहाँ यस्तै चलन छ भनेर चुप बस्ने मान्छे हैन अनि म एक्लैले मात्रै गरेर के हुन्छ । यो पटक्कै सोच्दिन किनकी मलाई थाहा छ । एउटा नयाँ पालुवाले रीतु परिवर्तनको सङ्केत गर्न सक्छ,एउटा ढुङ्गाले निरन्तर आफ्नो बहावमा बग्ने नदीको धार परिवर्तन गर्न सुरु गर्छ ।
केही मान्छेबाट एउटा परिवार बन्न सक्छ । एउटा परिवारबाट गाउँ बस्ती बसेर समाजको सुरुवात हुन्छ । यति कुराको चेत भएपछि त बोल्न पर्ने कुरामा अवस्य बोलिन्छ। प्रिय आफन्ती एउटा कुरा सधैं याद राख्नु-” यो सन्सारमा सबै चिजको विकल्प छ हरेक दिन नयाँ नयाँ सत्यहरु जन्मने र मर्ने गर्छ्न। मेरो आशा माथि खेलबाड गर्ने धेरै छौ तर मेरो हौसला टुटाउन सक्ने यो सन्सारमा कोही छैन।
#यस्ता पात्र नेपालको हरेक घरमा हरेक सम्बन्धमा भेटिन्छन तिनै पात्रहरुलाई प्रेरणा बनाएर अघि बढनु होला
#सत्यले सत्यलाई म “सत्य” हु भन्नू पर्दैन निरन्तर मेहनत गर्नुहोला।
#चिसो असाध्यै बढेको छ आफ्नो राम्रो ख्याल गर्नु होला।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार