मेचीनगरमा आगलागी: एक जनाको मृत्यु, १२ जना घाइते

  आवाज संवाददाता

झापाको मेचीनगर नगरपालिका वडा नं.७ स्थित पिपल चोकको एक घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.८ का ४५ वर्षीया शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट गम्भिर घाइते भएका राजवंशीको उपचारका क्रममा धुलाबारीस्थित एन्जल मेडिकल हलमा मृत्यु भएको हो ।

त्यस्तै आगलागीमा परी ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १२ जना घाइते भएका छन् । मेचीनगर-८ की घाइते बालिकाको साइ सिमरन मेडिकल हल इँटाभट्टामा उपचार भइरहेको छ । आगलागीमा मेचीनगर-७ का ४० वर्षीय लेखनाथ तिम्सिना, वर्ष ३२ का दिपेन्द्र कार्की, वर्ष ३८ का चन्दन गौतम, वर्ष ४० का सुभलाल राजवंशी, वर्ष ३५ का बिनोद गिरी, वर्ष २८ का सन्देश बोहरा, वर्ष ४० का भवानीसंकर न्यौपाने, वर्ष ३६ का निर्मल शर्मा र वर्ष ३५ का नवराज श्रेष्ठ घाइते भएका छन ।

त्यसैगरी आगलागीमा मेचीनगर-८ का ३४ वर्षीय हरि विक र बिर्तामोड नगरपालिका-९ का २९ वर्षीय गोबिन्द राजवंशी घाइते भएका छन । घाइते न्यौपानेको बिर्तासिटी अस्पताल बिर्तामोड र अरु सबैको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार राति ९:२० बजेतिर केशव पाठकको घरमा राति अचानक आगलागी भएको थियोे । टिनको छानो भएको सो घरमा बिद्युत सर्ट भएर आगलागी भएको र आगलागी भइसके पछि सिलिन्डर बिस्फोट भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार