आउँदो निर्वाचनमा इलाममा करिब १२ हजार मतदाता थपिने अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले अहिले पनि जिल्लाका तीन स्थानबाट फोटोसहितको मतदाता नामावलीका लागि फोटो खिचाउने कार्य गरिरहेको छ ।
‘नामावलीमा भएको त्रुटि सच्याउने, नामावली ठाउँ सारि गर्ने र जिल्लामा स्थायी ठेगाना भएका तर अन्य जिल्लामा कुनै पेशा व्यवसाय गरि बसेका व्यक्तिले सम्बन्धित, जिल्लाको निर्वाचन कार्यालयमा गइ विवरण दर्ता गराउन सक्ने व्यवस्था भएकाले ती व्यक्तिहरुको पनि नामावली संकलनको गरि तीन मुख्य काम गरिरहेका छौं ।’ जिल्ला निर्वाचन कार्यालय प्रमुख देवीचरण फुयालले भने ‘अहिले मंगलबारे इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय जिल्ला निर्वाचन कार्यालय तीन स्थानमा मात्र फोटोसहितको मतदाता नामावली संकलन कार्य भइरहेको छ ।’ त्रुटी सच्याउने, ठाउँ सारि गर्ने र अन्य जिल्लाका मतदाताको काम भने निल्ला निर्वाचन कार्यालयबाट मात्र हुने जनाइएको छ ।
फुयालका अनुसार माङ्सेबुङ, फाकफोकथुम गाउँपालिका र देउमाइ नगरपालिकाका नयाँ मतदाताको मंगलबारे इलाका प्रशासन कार्यालयबाट नामावली संकलन भइरहेको बताइएको छ । अन्य पालिकाका मतदातालाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलन भइरहेको कार्यालयले जनाएको छ ।
जिल्लामा पुराना मतदाता अर्थात गतवर्षको पुस ५ सम्म दुई लाख १७ हजार ३८६ मतदाता थिए ।
‘अबको निर्वाचन घोषणा नहुन्जेल सम्म मतदाता नामावली संकलन हुँदा जिल्लामा कम्तिमा १२ हजार मतदाता संख्या बढ्न सक्ने अवस्था छ ।’
निर्वाचन कार्यालय प्रमुख फुयंलले भने । जिल्लामा संघीय संसदका लागि दुई निर्वाचन क्षेत्र र प्रदेशका लागि चार निर्वाचन क्षेत्र रहेका छन् भने १५१ मतदान स्थल कायम भएको जनाइएको छ ।