एमाले अध्यक्ष : के व्याक भए त नरेन्द्रनाथ भट्टराई ?

इलाम २० पुस : एमालेको दशौ अधिवेशनमा अध्यक्षमा मनोनयन दर्ता भइरहेको छ । यति बेलासम्म दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । निवर्तमान अध्यक्ष महेश बस्नेत र डा .देवी क्षेत्री दुलालले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी मनोनयनका लागि समय रहेकाले अरुको पनि उम्मेदवारी पर्ने सम्भावना छ । अध्यक्षका लागि तीन जनाको नाम चर्चामा थियो । तर, अर्का एक उम्मेदवारले भने हालसम्म उम्मेदवारी दिएका छैनन् । यी हुन्, नरेन्द्रनाथ भट्टराई । भट्टराईले केही समयअघिबाटै उम्मेदवारी दिने बताएका थिए । मनोेनयन नगराउनुको अर्थ पार्टीले भट्टराईले कतै व्यवस्थापन गर्ने आश्वसन दिएपछि नगराएका हुनकी भन्ने हो ।
आठौ जिल्ला अधिवेशनमा भट्टराई अध्यक्ष पदकै उम्मेदवार बने । त्यसबेला भट्टराईले मणिकुमार लिम्बूसँग पराजीत भए । उनलाई प्रदेश वा सल्लाहकार समितिमा ठाउँ दिएर ब्लाक हुन लगाइएको अनुमान गरिएको छ । यदि भट्टराईको व्यवस्थापन भएमा बस्नेत र दुलालले मात्र उम्मेदवारी दर्ता गराउने छन् । यता, दुलालले भने उम्मेदवारी फिर्ता गर्ने सम्भावना कम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार