इलाम २० पुस ः एमालेको दशौ अधिवेशनमा सचिवको उम्मेदवारको संख्या बढेको छ । हालसम्म तीन जनाले उम्मेदवारी दिइसकेका छन् । प्रकाश अधिकारीले सुरुवातमै मनोनयन दर्ता गराएका हुन् भने अहिले उमेश गुरुङ र बुद्धि खनालले उम्मेदवारी दिएका हुन् । अझै पनि मनोनयनको समय बाँकी छ । उम्मेदवार बढ्न सक्ने निर्वाचन समितिले बताएको छ । सचिवमा पाँच जनाको दावी थियो । गोपाल नेपाल र रबिन्द्र सुबेदी पनि सचिवकै आकांक्षी हुन् ।