इलाम २४ पुस ः एमालेको दशौ अधिवेशनमा अध्यक्षमा महेश बस्नेत र डा ।देवी क्षेत्री दुलालले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा उदय राई र याम अधिकारीले मनोनयन गराएका छन् । सचिवमा प्रकाश अधिकारी र उमेश गुरुङ नाम दर्ता भएको छ ।
उपसचिवमा रबिन्द्र सुवेदी, छवि श्रेष्ठ, विष्णुमाया रिमाल, रमेश राई, सन्तराम योङहाङ, नरेश तामाङले उम्मेदवारी दिइसकेका छन् । अब उम्मेदवारी फिर्ता गर्ने समय एक घण्टाका लागि रहेकाे छ ।