इलाम २४ पुस : नेकपा एमालेको दशौ इलाम जिल्ला अधिवेशनमा महेश बस्नेत र डा. देवी क्षेत्री दुलालको उम्मेदवारी परेको छ । निवर्तमान अध्यक्ष बस्नेतसँग यस पटक निवर्तमान सचिवालय सदस्य डा. दुलाल भिड्दै छन् । अहिले मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता गर्ने समय छ ।
त्यसैपनि बस्नेत सशक्त उम्मेदवार हुन् । उनलाई पार्टीको केन्द्रीय नेतृत्वको सहासहायता पर्न सक्छ । यो समयमा डा. दुलालमाथि उम्मेदवारी फिर्ता गर्न दबाब पर्न सक्छ । लोकतान्त्रिक मान्यताअनुसार लोकतान्त्रिक विधिलाई अवलम्बधन गरेपनि आकांक्षाका लागि उम्मेदवारी दर्ता गर्न पाइन्छ । तर यसपटक एमालेले निर्विरोध वा अधिकतम् सहमतिमा नेतृत्व चयनको बाटो रोजेको छ ।
अहिलेसम्म धेरै जिल्लाको नेतृत्व सर्वसहमत चुनिएको नजिर पनि छ । यसैले पनि दुलालमाथि उम्मेदवारी फिर्ता गर्न दबाब बढ्ने अपेक्षा गरिएको छ । त्यसो त एमाले अध्यक्षको लागि अर्का एक नेताको समेत नाम चर्चामा थियो । पुराना कम्युनिस्ट नेता नरेन्द्रनाथ भट्टराई अध्यक्षमा भिड्ने बताएका थिए । तर, भट्टराईले अध्यक्षमा भिड्नु त परको कुरा मनोनयन समेत गराएनन् । यसको कारण दुई वटा हुन सक्छ । भट्टराई आफू कमजोर ठानेर उम्मेदवारी नदिएका हुन सक्छन् वा अरु कुनै ठाउँमा उनलाई पार्टीले व्यवस्थापन ग¥यो ।
हुन त डा. दुलाल ‘एक व्यक्ति, एक व्यक्ति’को नारा लिएर कार्यकर्तामा पुगेका छन् । उनका नाराका आधारमा दुलाल सशक्त उम्मेदवार व्यक्ति हुन् । तर, उनी आफैले केही समयअघि उम्मेदवारीमा शर्त अघि बढाएका थिए । शर्त हो, भट्टराई र बस्नेत मिलेमा आफूले छाडिने ।
यदि दुलालले यो शर्त पालना गरेमा बस्नेत निर्विरोध अध्यक्ष बन्न सक्छन् । पार्टी नेतृत्वले दुलाललाई व्यवस्थापन गर्न चाहेमा वा दुलाल कुनै ठाउँमा मिलेमा मात्र बस्नेतको सर्वसहमत बन्ने चाहना पूरा हुन्छ । डा. दुलाल पनि पुराना कम्युनिस्ट नेता हुन् । उनी राजनीतिक क्षेत्रमा नै पीएचडी होल्डर हुन् । साहित्यिक क्षेत्रमा पनि दुलालको नाम अग्र पंक्तिमा आउँछ । यसैले पनि डा. दुलाललाई कम आक्न गाह्रो छ ।