इलाम : नेकपा एमाले इलामको अधिवेशनमा सात सय ६७ मत खसेको छ । आज सम्पन्न मतदानमा आठ सय ६ मत प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । आजको केही समयमा सर्वपक्षीय भेला बसेर मत गणना सुरु हुने छ ।
एमालेको अधिवेशनमा जिल्ला अध्यक्षका लागि महेश बस्नेत र डा. देवी क्षेत्री दुलाल, उपाध्यक्षका लागि उदय राई र याम अधिकारी, सचिवका लागि उमेश गुरुङ र प्रकाश अधिकारी चुनाबी मैदानमा छन् । जिल्ला कमिटी सदस्यको अधिकांश पदमा भने निर्विरोध चुनिएका छन् ।