(अपडेट)एमाले इलाम अधिवेशन : अध्यक्षमा १५६, उपाध्यक्षमा ११७ र सचिवमा ७४ मत अन्तर

इलाम : नेकपा एमाले इलामको अधिवेशनको मतगणनामा महेश बस्नेत र डा. देवी क्षेत्री दुलालबीच फराकिलो मत अन्तर देखिएको छ । हालसम्म बस्नेत र दुलालबीच एक सय ५६ मत अन्तर देखिएको छ । बस्नेतले १८१ मत प्राप्त गरेका छन् भने उनका दुलालको २५ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा ११७ मत अन्तर देखिएको छ । उदय राईले अग्रता कायम गर्दै १६१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी याम अधिकारीले ६४ मत प्राप्त गरे । यस्तै, सचिवमा ७४ मत अन्तर देखिन्छ । सचिवका उम्मेदवार उमेश  गुरुङको १३८ मत छ भने प्रकाश अधिकारीको ६४ मत झरेको छ ।
हालसम्म उपसचिवमा विष्णुमाया आचार्य र रबिन्द्र सुबेदीले अग्रता कायम गरेका छन् । दुई उपसचिव पदका लागि आचार्यले ६८ र सुबेदीले एक सय १३ मत प्राप्त गरे । यस्तै, अन्य उपसचिवका उम्मेदवार छवि श्रेष्ठ (६४ रमेश राई(५५ सन्तराम योङ्गहाङ्ग( ४० मतल प्राप्त गरेका छन् । हालसम्म कति मत गणना भइसकेको खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार