अध्यक्षमा पराजीत डा. दुलालद्वारा विजयीलाई बधाइ ज्ञापन, भन्छन्,‘मैले गणितमा हारे, राजनीति जिते’

  आवाज संवाददाता

नेकपा एमाले १० औं अधिवेशनमा अध्यक्ष पदमा पराजीत डा. देवी क्षेत्री दुलालले निर्वाचित पदाधिकारी र सदस्यलाई बधाइ ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाइ दिँदै भनेका छन्,‘प्रतिनिधिलाई आभार, विजयीलाई बधाइ र पराजीतलाई सम्मान व्यक्त गर्दछु ।’ उनले आफूले गणितमा हारे पनि राजनीति जितेको दाबी गरेका छन् । १० औं अधिवेशनमा डा. देवी क्षेत्री दुलाललाई हराउँदै महेश बस्नेत निर्वाचित बनेका छन् । बस्नेतले ६९४ मत ल्याएका छन् भने डा. दुलालले ६४ मत प्राप्त गरेका छन् ।

यसो भन्छन् डा. दुलाल ?
जिल्ला कमिटी अध्यक्षमा पराजीत डा. दुलालले आफूले अपेक्षाकृत मत नआएको बताएका छन् । उनले यति नै मत आउने नखुलाएपनि ‘राज्य शक्ति र पार्टी नेतृत्व सुवास नेम्बाङकाे बलमा आफूलाई भोट हाल्न नदिएको’ आरोप लगाएका छन् । ‘सुवास कमरेड (नेकपा एमाले उपाध्यक्ष) कहिल्यै इलाममा दुई दिनबाट धेरै बस्नु हुन्न थियो । तर यो ताल सातदिन बस्दैहुनुहुन्छ ।’ उनले थपे,‘किन बस्नुभयो भन्ने सबैलाई थाहै छ ’ डा. दुलाल जनताको बहुदलीय जनबाद, पार्टीको छवि बचाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् ।

 दुलाल राजनीतिक मात्र नभई साहित्यिक व्यक्ति समेत हुन् । राजनीतिक विषयमा नै उनले पीएचडी गरेका छन् । प्रतिनिधिले पत्याएपछि पार्टीका केन्द्रीय उपाध्यक्ष नेम्बाङले पदकाे दुरुपयाेग गरेकाे आराेप डा‍‍ दुलालकाे छ ।  नेम्बाङले प्रतिनिधिलाई आफ्ना पक्षमा मत खसाल्न हस्तक्षेप गरेको डा.दुलालको आरोप छ । ‘यो चुनाब मैले हारेको हो, सुवास नेम्वाङले जितेको हो ।’ उनले भने,‘सधै शक्तिमा बसिरहने, वुर्जवापन र पार्टीभित्रको दक्षिणपन्थी पथ रोक्न मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।’ अध्यक्षका लागि तीन जनाले दाबी गर्दै आएका थिए । डा. दुलाल, नरेन्द्रनाथ भट्टराई र महेश बस्नेत । डा. दुलाल र बस्नेतले उम्मेदवारी दिए तर भट्टराईले मनोनयन समेत गराएनन् ।

डा. दुलालले भट्टराईलाई उपाध्यक्ष नेम्बाङकाे आश्वसनबाट पछि हटेकाे आराेप लगाएका छन् । ‘मलाइ पनि अध्यक्षमा नउठिदिन अनुरोध गरिएको थियो । त्यसका लागि धेरै आश्वसन पाए तर पार्टी बचाउनका लागि उम्मेदवारी दिए ।’ डा. दुलाल भन्छन्,‘  षड्यन्त्र भए। ती सबै षड्यन्त्रको बाबजुत पनि सार्वभौम प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेकोप्रति सम्मानजायर गर्दछु ।’ उनी थप्छन्,‘निरन्तर पार्टीको सर्वांगीण हितका लागि लागि रहने छु ।’डा. दुलालले चुनाबी प्रक्रियामा जीत÷हात स्वभाभिक भएको बताएका छन् । ‘चुनाबमा जीत÷हार स्वभाभिक हो र यो सर्वोपरी हुँदैन’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार