प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

  आवाज संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी दाहाल पनि उपस्थित थिए । पुस २४ गते प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार