इलाम, ः पछिल्लो समय राजनीतिमा एउटा नारा प्राय ः घन्किने गर्छ, त्यो युवाको नेतृत्व । जुनसुकै पार्टी होस्, पछिल्लो समय मुख्य एजेण्डा बन्ने गर्छन्, युवा शब्द । भनिन्छ, युवा उमेर मात्र नभई शक्ति वा सम्भावनाको खानी हो । यो सुुन्दा मिठास छ ।तर, राजनीतिक वृतमा पचाउन गाह्रो पनि ।
राजनीतिक नेतृत्व ६० माथिकैको हातबाट नफुत्किदा युवा जनतामा ‘देखाएर खाने मेलो’ मात्र बन्छन् । अनुभवी वा कुनै नयाँ एजेण्डामा वृद्धिकै दबदबा रहन्छन् पुराना पार्टी । यदि युवा अघि सारेपनि युवाको लडाइँ युवाबीच नै हुन्छ ।
चाहे कांग्रेस होस् वा कम्युनिष्ट । युवाविरुद्ध युवा लडाउने कुरुप चित्र राजनीतिमा जर्वजस्त चित्रित छ । तर, यो कदम चिरेर धेरै युवा पछिल्लो समय राजनीतिक नेतृत्वमा पुगेका छन् । कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा भनौ वा एमालेका शंकर पोख्रेल वा अरु कुनै पात्र । मूल नेतृत्व पुस्तान्तर भएकै छ ।
यो त भयो राष्ट्रिय राजनीतिको कुरा । तर, जिल्लामा समेत यो प्रक्रिया सुरु भएको छ । यसका ज्वलन्त उदाहरण हुन्, कांग्रेस जिल्ला सभापति डम्बर खड्का । उनी ६० बर्षमाथिका प्रतिष्पर्धीलाई पछि पार्दै सभापतिमा चुनिएका हुन् । कांग्रेस राजनीतिमा खड्का मात्र नभई स्थानीय तह, प्रदेश वा प्रतिनिधि क्षेत्र सबै ठाउँमा युवाको बर्चस्व बढेको छ ।
कांग्रेस मात्र किन र ? कम्युनिस्टमा पनि यो सिलसिला ‘कपी, पेस्ट’ छ । हालै सम्पन्न जिल्ला अधिवेशनका पदाधिकारीमा समेत युवाको बर्चस्व चर्चा गर्न लायक बन्यो । चाहे, सचिवमा उमेश गुरुङ हुन् वा उपसचिवमा रबिन्द्र सुबेदी । जो राजनीतिक वृतमा पाका नेतालाई चिर्दै आएका संघर्षका नाम हुन् ।
अहिले एमालेभित्र चर्चा गरिने एउटा नाम हो, रबिन्द्र सुबेदी । उनी कुनै बेलाका एमालेका जनवर्गीय संगठन अनेरास्ववियुका जिल्ला नेता थिए । त्यति बेला अधिकांशलाई लाग्दैन थियो होला कि यति छिट्टै रबिन्द्र पार्टीको नेतृत्वमा आउँलान् । त्यसमा पनि यति लोकप्रिय मत लिएर । सहसचिवमा रबिन्द्र सुवेदी ४ सय ४४ ल्याउँदा अर्की उम्मेदवार विष्णुमाया आचार्य २ सय ७२ मतका साथ विजयी भइन् । सहसचिवका अन्य प्रत्यासी छवि श्रेष्ठले २ सय ५३, रमेश राईले १ सय ९७ र सन्तराम योङहाङले १२७ मत ल्याए ।
१० औं अधिवेशनको उपसचिवका उम्मेदवार रबिन्द्रले सानदार मत ल्याएर जीत हासिल गरे । दुईवटा उपसचिव पदमा छ उम्मेदवारको रस्साकस्सी चलिरहेको थियो । उनीभन्दा खारिएको र लामो राजनीतिक इतिहास बोकेका व्यक्तिसँगको प्रतिष्पर्धामा थिए, रबिन्द्र । तर, सहज जीत निकाले । सुन्दा अचम्म लाग्न सक्ला । कडा बाम राजनीतिकर्मी रबिन्द्रको पृष्ठभूमि चाहिँ कांग्रेस घरानाको थियो । राजनीतिमा चर्चित परिवार नभएपनि कांग्रेसमा झुकाब राख्थे, परिवारजनले । तर, त्यही परिवारका रबिन्द्रले भने फरक राजनीतिक विचार अगाँले । “मेरो जन्म अत्यन्तै निम्न वर्गीय परिवारमा भएको हो ।”, विगत सम्झँदै रबिन्द्र भन्छन्“आर्थिक संकट परेकाले होला छिमेकीहरूले साह्रै धेरै हेपे । त्यही भएर पनि कम्युनिष्ट बने ।”
हुन त रबिन्द्रका आफन्तहरू कम्युनिष्ट परिवारकै थिए । यसैले पनि उनलाई कम्युनिष्ट बन्न गाह्रो भएन । विस्तारै विद्यालयस्तरमा रबिन्द्रको झुकाब त्यतै प¥यो । रबिन्द्रको राजनीतिक ‘पानी ढलो’ चाहिँ इलामकै साङग्रुम्बा माध्यमिक विद्यालय हो । उनी जनवर्गीय संगठन अनेरास्ववियूको विद्यालय सदस्य बने । जुन २०६१ सालको कुरा हो । यस्तै, २०६३ सालमा सोही कमिटीको कोषाध्यक्ष भए । त्यसपछि रबिन्द्र विद्यालयस्तरीय अध्ययन सकेर इलाम सदरमुकाम हानिए ।
उनी सुरुवातमै महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको सदस्य(२०६३) बने । २०६४ मा क्याम्पस सचिव र २०६५ मा उपाध्यक्षसाथै अनेरास्ववियुको जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । यस्तै, २०६६ मा जिल्ला कमिटीकै सह–सचिव बने भने २०६८ मा सचिवको जिम्मेवारी पाए । यस्तै, २०७० मा जिल्ला कमिटीकै मूल नेतृत्व रबिन्द्र पुगे । यति बेलासम्म रबिन्द्रको परिवार भने कांग्रेस नै थियो । जब उनी विद्यार्थी संगठनको अध्यक्ष बने त्यसपछि परिवार एमाले बन्यो । विद्यार्थी संगठनकै केन्द्रीय सदस्य बनेका रबिन्द्र हाल केन्द्रीय स्थायी कमिटी सदस्य र प्रदेश नं. १ संयोजक छन् ।
रबिन्द्रमा राजनीतिमा झुकाबसँगै विस्तारै अवसर पाउँदै गए । ‘क्रियाशिलताले नै अस्तित्वको निर्माण गर्छ’भन्ने रबिन्द्रको स्लोगन अहिले धेरै विद्यार्थीको मुखमा छ । निरन्तर अनि निन्तर मिहिनेतपछि राजनीतिमा अवसर सिर्जना हुन्छ भन्ने उदाहरण बनेको छ, उनको जीवन । कुन कुराले यो विषयलाई सार्थक तुल्याउँछ भने रबिन्द्रको अघिल्लो पार्टी राजनीतिक क्रियाकलापले ।
नेकपा एमालेका तत्कालीन कार्यालय सचिव नवराज शंकरको निधनपछि पार्टीमा सन्नाटा छायो । शंकरको निधनपश्चात् पार्टी कसरी अघि बढ्ला भनेर धेरैले आशंका पैदा गरे । नवराज संगठकसँगै कुशल व्यवस्थापक थिए ।
जुनै विषयको स्पष्ट धारणा बनाउने र तल्ला पङ्क्तिका कार्यकर्तासँग अन्तरघुलित हुने बानी थियो, नवराजमा । एककिसिमले पार्टी नै नवराज र नवराज नै पार्टी थिए, त्यसबेला । तर, कोरोना महामारीले नवराजको निधन भएपछि एमालेजनमा ‘चट्याङ बर्सियो’ । युवा, विद्यार्थी, जुनसुकै दलका नेता वा आम सर्वसाधारणलाई नवराजको मृत्युको पिडा त प¥यो । तर एमालेजनका लागि भने झनै कष्टकर भयो, त्यो समय । त्यही बेला पार्टीका कार्यालय सचिव बने, रबिन्द्र । पार्टीका अध्यक्ष (राम राना), सचिव (महेश बस्नेत) सांसदीय फाँटमा भएकाले पार्टीलाई समय कम दिन सक्थे ।
त्यतिबेला रबिन्द्रले नवराजको भार उठाउनु प¥यो । विषमपरिस्थितिमा उनले पार्टी हाँक्नु पर्ने भयो । तर, उनी निरन्तर क्रियाशील रहे । नवराजकोजस्तो भूमिका रबिन्द्रले निभाए÷निभाएनन् त्यो एउटा विषय रहला तर उनी कार्यालय सचिव रहेकै समयमा पार्टीको अधिवेशन कुशलतापूर्वक सम्पन्न भयो । ‘पार्टीको अधिवेशन गर्नका लागि कतिरात त सुतिएन पनि । ’ रबिन्द्र भन्छन् ।
उपसचिवमा उदाएका रबिन्द्र
रबिन्द्र, थिए कार्यालय सचिव । चाहन्थे, जिल्ला सचिव तर बने उप–सचिव । निर्वाचन हुनुअघि रबिन्द्रको नाम जोडतोडले पार्टी सचिवको रुपमा आउँथ्यो । तर, मनोनयनमा भने उपसचिवमा पुगे । उनी आफूले अग्रजलाई छाडिदिएर उपसचिवमा बसको सुनाउँछन् । अबको राजनीति दिशाका बारेमा भने रबिन्द्र केही बताउँदैनन् । संसदीय फाँटमा जाने हो ? भन्दा समेत ‘परिस्थितिले निर्धारण गरेमा’भन्दै पन्सिन्छन् ।
हुन त राष्ट्रिय राजनीतिमै पुग्ने धोको रबिन्द्रको होला । तर, चुहाउन चाहदैनन् । उनी राजनीतिलाई निरन्तर परिश्रमबाट सिर्जना हुने अवसर भन्छन् । प्राय ः प्रश्नको भावनात्मक उत्तर दिन्छन्, उनी । हुन उनी भाषणबाज नै हुन्, रबिन्द्र । उनको लोकप्रियताको खुबी नै भाषण हो । उनी अब्बल नेता बन्न दुई चीजको सामना गर्नुपर्ने बताउँछन् । कि परिस्थितिलाई अनुकूल बनाएर त परिस्थितिमा खेलेर । आफू पहिलो विशेषताबाट राजनीतिको यो स्थितिमा आएको उनी सुनाउँछन् ।
सुन्दा अचम्म लाग्न सक्छ, रबिन्द्रले अघिल्लो नवौ अधिवेशनमा भने पार्टी जिल्ला सदस्यमा हार व्यहोरे । यसको कारण रबिन्द्र आफ्नो नाम फरक परेको र अल्फाबेटमा पछि परेको भन्दै पन्सिन्छन् ।
“मेरो भोट लिष्टमा नाम रामप्रसाद सुबेदी थियो । बोलाउने नाम रबिन्द्र ।” रबिन्द्र थप्छन्,“ रबिन्द्रको आर पछितिर आउने भएकाले हार व्यहोरेको हुँ ।” अहिले उनले उम्मेदवार लिष्टमा नाम रबिन्द्र बनाएका छन् । कार्यालय सचिव भएर सम्पर्क बढेकाले चुनाब जितेको भन्ने कुरा चाहिँ रबिन्द्र अस्वीकार गर्छन् । “मैले अखिलको जिल्ला अध्यक्ष हुँदा लोकप्रिय काम गरेको छु । त्यसैले मत जिते ।” अबका दिनमा रबिन्द्रको राजनीतिक जीवन कस्तो हुने हो भन्न सकिने अवस्था छैन । रबिन्द्रस्वयम् यसबारे अनभिज्ञ छन् । रबिन्द्रको क्रियाशीलता, क्षमतासाथै निरन्तरताले पक्कै सशक्त राजनीतिज्ञ बनाउने अनुमान गर्न सकिन्छ ।