रामजानकीको अध्यक्षमा पुन: लीला लम्साल

  आवाज सम्वाददाता

इलाम। सरस्वती सत्सँग समाज तथा रामजानकी मन्दिरको छैटौं साधारण सभा तथा चौथो अधिवेशनले पुन: लीला लम्सालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सागर घिमिरे, छत्रकुमारी अधिकारी,  सचिवमा युवराज दहाल, सहसचिवमा देविका भण्डारी र कोषाध्यक्षमा टीकाप्रसाद भण्डारी चयन भएका छन् ।

यसरीनै सदस्यहरुमा मिना घिमिरे, सामवेद चापागाईं, धनकुमारी घिमिरे होमनाथ भूर्तेल राधाकृष्ण भण्डारी चयन भएका छन् ।

कार्यक्रममा लेखनाथ भट्टराईलाई मानार्थ सदस्यता प्रदान गरी सम्मान गरिएको थियो । यसरीनै संस्थालाई सहयोग गर्ने चेवनप्रसाद दुलाल, डिल्ली खनाल, जीवनप्रसाद दुलाल, तेजेन्द्र शिवाकोटी,  टिका प्रसाद भण्डारी, किशोर र गंगा बराल तथा मंगली माया विकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  इलाम नगरपालिका वडा नं .  ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठ, इलाम नगरपालिका वडा नं .  ४ का वडाध्यक्ष नूतनदेव दुलाल र इलाम नगरपालिका वडा नं .  २ का वडाध्यक्ष नारद लम्सालको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार