प्रेस चौतारीद्वारा पत्रकार अधिकारी पुरस्कृत

  आवाज सम्वाददाता

इलाम । प्रेस चौतारी नेपाल इलामले नवौं जिल्ला अधिवेशनको अवसर पारेर इलामका सञ्चारकर्मी मनोज अधिकारीलाई प्रेस चौतारी पुरस्कारबाट पुरस्कृत गरेको छ ।

रेडियो बुद्ध वाणी फिक्कलमा कार्यरत अधिकारीलाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

बुद्ध वाणीको समाचार सम्पादक र इलाम खबर अनलाइनका सम्पादक, सञ्चालक अधिकारीले पत्रकारिता मार्फत इलामको विकास र पत्रकारिताको विकासमा पुर्याएको योगदानको कदर गर्दैं प्रेस चौतारीले पुरस्कृत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य राम रानाले सम्मान पत्र प्रदान गरेका थिए । यसरीनै विशेष अतिथि नेकपा एमालेका प्रदेश सदस्य गणेश बरालले दोसल्ला ओढाएका थिए भने विशेष अतिथि नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले नगद पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार