भूमि आयोग इलामको अध्यक्षमा भक्त केसी नियुक्त भएका छन् । सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गर्दा इलाममा केसीले जिम्मा पाएका हुन् । गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । नियुक्त गरिएका जिल्ला अध्यक्षहरूलाई शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सपथ भइसकेको छ ।
प्रदेश १ अन्तर्गत मोरङमा शुशिला घिमिरे, तिलकसिंह पाण्डे र सुनसरीमा भगिरथ खत्वे अध्यक्षमा नियुक्त भएका छन् । ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा दिनेशकुमार लावती, भोजपुरमा दिलकुमार राई, ओखलढुंगामा अशोककुमार कार्की र उदयपुरमा बलबहादुर तामाङ अध्यक्षमा नियुक्त भएका छन् ।