फागुन ८ बाट इलामबाट पनि हवाई सेवा शुरु हुने

  आवाज सम्वाददाता


इलाम । इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट फागुन ८ गतेदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाण्डौं–इलाम–काठमाण्डौं उडानको लागि तारा एयरलाईन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको प्रत्येक आइतबार उडान गर्नेगरी नगरपालिका र तारा एयरलाईन्सको बीचमा सम्झौता भएको हो ।
नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फि भाडा आठ हजार सात सय कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको ब्यवस्थापन र भूमिस्थ सेवाको ब्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेखछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार