गजल

दुनियाँको नजरमा एउटा आवारा हुँ म

फूलको अस्तित्वमा परजीवी भमरा हुँ म

अबिरल बगिरहे आँसु खहरे बनेर

दुखको भेलले उजाडिएको किनारा हुँ म

 

चुनौतीका पहाडहरु खडा छन् सामुन्ने

छिचोल्न नसकिने चट्टानको पहरा हुँ म

लखेटिरह्यो दुःखले निरन्तर जिन्दगीमा

थकित जिन्दगीको अनायास सुस्केरा हुँ म

विवशतामा निमोठिए कैयौं सपनाहरु

आफ्नै सुन्दर सपनाहरुको हत्यारा हुँ म

                                                                    धोबिधारा,इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार