गाउँमा भालु पसेपछि गाउँले आतंकित

  आवाज सम्वाददाता

इलाम । इलाम नगरपालिका वडा नं. ५ स्थित ओख्रेमा भालु देखिएपछि गाउँबासी आतंकित बनेका छन् । ओख्रेकाे एक अम्लिसोबारीमा भालु पसेकाे प्रत्यक्षदर्शी इन्द्र दुलालले बताए । गाउँमा भालु देखिएपछि केटाकेटी र ठुला मानिसलाई समेत हिँडडुल गर्न समस्या भएको उनले बताए । ‘अहिले हामी गाउँले भेला भएर भालु पसेकाे अम्लिसाेबारीमा बसेका छाै‌’, ‘दुलालले भने, ‘ वडाध्षक्षलाई भनेर वन कार्यालयका मानिसहरु बाेलाएका छाै ।’ वन कार्यालयका कर्मचारी र प्रहरी उक्त स्थान तर्फ गइरहेकाे बुझिएकाे छ ।

सामान्यतया याे क्षेत्रमा भालु पाइ‌ंदैन । कही दिनअघि इलाम नगरपालिका वडा नं. २ सुम्बेकमा भने ज‌गली जनावरले घरपालुवा जनावर मारेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार