नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।
बुधबार मेडिसिटी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा महामन्त्री शर्मालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि महामन्त्री शर्मा होम आइसोलेसनमा बसेका छन् ।
उनीसँगै उनकी श्रीमती र छोराछोरीलाई पनि कोरोना संक्रमण भएको छ । महामन्त्री शर्माले सतर्कता अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएको बताएका छन् ।
उनले भनेका छन्, ‘८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु l लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर, आज सबैको रिपोर्ट- पोजिटिभ l चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन l एक सातामा फर्किन्छु काममा l भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा चाहन्छु ! ‘