इलाममा काेराेना स‌ंक्रमण दर बढ्दाे, एकैदिन २५ मा पुष्टि

  शान्ती गुरुङ

इलाममा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । लामो समय शून्य दरमा रहेको कोरोना पछिल्लो समय ह्वात्तै बढेको छ । आज मात्रै इलाममा २५ संक्रमित थपिएका छन् । हिजो मात्रै २३ संक्रमित थपिएका थिए ।

दैनिक संक्रमित हुने दर समेत बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आज इलाम नगरपालिकामा मात्रै १५ संक्रमित थपिएका छन् ।

रोङ गाउँपालिकामा ७ जना,देउमाइ नगरपालिका, फाकफोकथुम गाउँपालिका र माईजोगमाई गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको जिल्ला प्रशासान कार्यलय इलामले जनाएको छ । इलाममा संक्रमितको कूल संख्या ८० पुगेको छ । संक्रमित सबै अवस्था सामान्य रहेको छ । ८० जना नै होम आइसोलेसनमा रहेको बताइएको छ ।

सबैभन्दा धेरै (१९देखि४०बर्ष)उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको छ । तर, सुरक्षा शर्तकता अपनाउने क्रम भने कम मात्रै पाइएको छ । विशेषगरी बजार क्षेत्रमा सुरक्षा मापदण्ड नपनाइएको पाइएको छ । प्रशासनले २५ जनाभन्दा बढी भीडभाड गर्न नपाउने मापदण्ड बनाएपनि पालना भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार