छिमेकी सहकारीले गर्याे शेयर सदस्यलाई सम्मान, अध्यक्षमा पनु : बराल

  आवाज संवाददाता

विभिन्न विधामा सम्मान र पुरस्कार प्रदान गर्दै छिमेकी वचत तथा ऋण सहकारी संस्था इलामको १३ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सदरमुकाममा शनिबार सम्पन्न भएको छ । २०६५ सालमा स्थापना भएका यस संस्थाले संस्थाका शेयर सदस्यको आर्थिक जीवनस्तरमा माथि उठाउन बिभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै शेयर सदस्यलाई हौसला प्रदान गर्न बिभिन्न बिधामा सम्मान र पुरस्कृत समेत गर्दै आएको छ ।

   यसै क्रममा संस्थाको साधारण सभा तथा अधिवेशनको अवसर पारेर संस्थाले संस्थाका दुईजना जेष्ठ सदस्य, संस्थाका प्रथम ऋणि र शिक्षा क्षेत्रमा योगदान पुरयाउन एक÷एकजनालाई दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुने जेष्ठ शेयर सदस्यमा इलाम नगरपालिका ७ का हुकुम बुढाथोकी र डोलबहादुर गुरुङ्ग हुन् । त्यस्तै संस्थाको प्रथम ऋणीको रुपमा कमल कार्की र शिक्षा क्षेत्रमा योगदान पुरयाउने जयन्द्रप्रसाद शिवाकोटीलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

   यसैगरी संस्थाले विभिन्न विधामा वचत संकलन तथा ऋण लगानी गर्दै आएकोमा सभाको अवसर पारेर संस्थाले असल ऋणिको रुपमा मिना गुरुङ्ग, असल व्यवसायीको रुपमा लाप्साङ शेर्पा, उत्कृष्ट मासिक नियमित वचतकर्ता तिर्थराज खनाल, दैनिक नियमित बचतकर्ता दिलमाया राई र बाल बचतमा चौथो धेरै बचतकर्ता गरिमा भेटवाललाई पुरस्कृत गरेको छ ।

यस्तै गत बर्षको एसइइमा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये कुशुम गौतम, प्रसुना कडरियाँ र समिक्षा बस्नेतलाई जनहि एकहजार रुपैंयाँका दरले पुरस्कृत गरेको छ । यसैगरी कोरोना भाइरसबाट मृत्यु भएका तीनजना शेय सदस्यका परिवारलाई प्रति परिवार पाँच हजार रुपैंयाँका दरले राहात रकम पनि सभाकै अवसर पारेर प्रदान गरेको संस्थाका ब्यबस्थापक अर्जुन शिबाकोटीले जानकारी दिनुभयो । केही बर्षयता बार्षिक एक करोड माथिको कारोबार बढाउँदै आएको संस्थाले हाल पाँच करोड बराबरको कारोबार गर्न सफल भएको छ ।

संस्थामा ६ सय ८२ शेयर सदस्य रहेका छन् । सभामा संस्थाका अध्यक्ष देवनारायण (दिपेन्द्र) बरालले बार्षिक प्रगति एवं भावी नीति तथा कार्यक्रमको प्रतिबेदन प्रस्तुत गर्दै यो बर्ष संस्थाको कारोबार ४ करोड ९५ लाख २४ हजार ९ सय ४५ र २ करोड ९३ लाख ४३ हजार ७ सय २२ रुपैंयाँ ऋण लगानी गरेको जानकारी दिए । सभामा संस्थाका कोषाध्यक्ष भगिरथ कटटेलले ३ करोड ४९ लाख ९७ हजार ५ सय ९५ रुपैंयाँ बराबरको आयब्यय प्रस्तुत गरीएको थियो भने लेखा संयोजक रामचन्द्र कार्कीले लेखा समितिको प्रतिबेद पेश गरे ।

संस्थाका अध्यक्ष दिपेन्द्र बरालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा इलामनगरपालिकाका प्रमुख महेश बस्नेतले सहकारी क्षेत्रले स्वरोजगार बनाउन र सहकारीमा आबद्ध शेयर सदस्यलाई ब्यबसायिक बनाएर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन मद्धत पुरयाउँदै आएको बताउनुभयो । अर्थतन्त्रको तीनखम्बा अन्तर्गत सहकारी क्षेत्र एक रहेको जनाउँदै मेयर बस्नेतले सहकारीलाई ब्यबस्थित बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै अहिले सहकारीहरु बिशिष्टिकरणतर्फ अघि बढिरहेको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख मनोज लामिछाने, जिल्ला सहकारी संघका अध्यक्ष मन न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

संस्थामा पुन: दिपेन्द्र बराल

यता संस्थाको पाँचौ अधिबेशनले  पुन: दिपेन्द्र बरालको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अनिरुद्र मैनाली, सचिबमा मुकुन्द गुरागाइँ, सह सचिवमा कमल कार्की र कोषाध्यक्षमा भगिरथ कटटेल सर्बसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रमोद कडरिया, टिकाप्रसाद फुयाँल, कृष्ण बस्नेत, जंगबीर राई, दमन्ता घिमिरे गजुरेल र सिता उप्रेती ढुंगाना रहेका छन् । यस्तै रामचन्द्र कार्कीको संयोजकत्वमा तीन सदस्यिय लेखा समिति चयन गरेको छ । जसको सदस्यहरुमा युवराज गुरागाइँ र दिपेन्द्र चापागाइँ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार