गजल

  विशाल कार्की

कस्तो लाग्छ कुन्नी तिमिलाई बन्जर देखेर

त्यस्तै लाग्छ मलाई आमा बिनाको घर देखेर

 

मेरो गाउको बाटो सोध्ने भेट्दा नि खुशी लाग्छ

मन पटक्कै खुशी हुदैन अचेल यो शहर देखेर

 

पातको पैसा, काठको गाडि बच्पन नै ठीक

रहर मरेर आउँछ अचेल आफ्नै रहर देखेर

 

देखिएका कुरा उस्ता देखिएका झै हुन्नन

देखेको नै पत्याउछौ तिमी अक्सर देखेर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार