नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन

  आवाज संवाददाता

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा एस जिन पोजिटिभ आएका नमुनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।‘३२ वटा नमुनामा २८ मा ओमिक्रोन र बाँकी चारमा डेल्टा भेरियन्ट छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, ‘ओमिक्रोनले डेल्टा भेरियन्टलाई प्रतिस्थापन गरेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार