नेपाली कांग्रेसका नेता गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको निर्वाचनमा ५ दलीय गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार बस्नेत र एमाले उम्मेदवार गुरु बरालको बराबर मत आएको थियो ।
दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएका थिए । मत बराबर आएपछि विजेता छान्न गोलाप्रथा गरिएको थियो । प्रदेशमा सत्तारुढ गठबन्धनको बढी मत भए पनि एमालेले गठबन्धनको मत तान्न सफल भएको छ । उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।