आफ्नै विवाह समारोहमा नाच्न पनि नपाउनु ? कुनै बेहुलाले बिहे समारोहमा नाच्न नदिने र नाचेको आरोपमा थप्पड हान्ने गर्यो भने बेहुलीले के गर्लिन् ?
यस्तो बेलामा विद्रोह गर्नुको साटो घुम्टोभित्र लुकेर रुने बेहुलीको संख्या धेरै होला । तर भारतको तमिलनाडुमा भने एक चेलीले विद्रोह गर्दै त्यो सनकी बेहुलासँगको बिहे नै रद्द गरिदिएकी छिन् ।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार गत जनवरी २० मा हुने बिहेको एक दिन अगाडि आयोजित समारोहका बेला बेहुलाले बेहुलीमाथि हात उठाएको थियो ।